ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

Bhugolpark

६ पुष, २०७९,११:०६

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्‍को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन्।

भोलि ‍१२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ।बैठक शंकर हलमा हुनेछ।

बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउनेछन्।



379 Views

Comments