पशुपतिमा शिवरात्रिको पावनअवसरमा लाखौं दर्शनार्थिको भिड

Bhugolpark

६ फाल्गुन, २०७९,१४:५६

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने

फागुन ६,काठमाडौं :हिन्दुहरूको आराध्य देव श्री पशुपतिनाथको मन्दिरमा महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौं भारतीय एवं नेपाली भक्तजनको भीड लागेको छ । 

भक्तजनको सुविधालाई मध्येनजर गर्दै सरकारले पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ । पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । 

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको छ। 



572 Views

Comments