उप–निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आवहान

Bhugolpark

७ चैत्र, २०७९,१०:०७

७ चैत,काठमाडौँ ।भूगोल पार्कले समयसामयिक देश विदेशको राजनीतिक, आर्थिक, सामाजिक, पर्यटन, खेलकुद, मनोरञ्जन आदि विधामा सही समाचार पाठकलाई सुसूचित गरिरहेका छौं।

आज हामी निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको विषय लिएर आएका छौं । 

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । 

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।

रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैसाथ उपनिर्वाचन गर्ने भएको छ । 



690 Views

Comments