आज विश्व पृथ्वी दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

१० बैशाख, २०८१,११:२७

१० वैशाख,काठमाडौँ । आज २२ अप्रिल विश्व पृथ्वी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘पृथ्वीका लागि रुख’ नाराका साथ यो दिवस १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइँन लागेको हो । यो दिवस सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक अमेरिकाबाट मनाउँन सुरु भएको थियो । यसको उद्देश्य पृथ्वीको पर्यावरणको बारेमा जानकारी दिदैँ सचेतनाका लागि पृथ्वीबासीलाई जागरूक बनाउँनु हो ।

सन् १९६९ सान फ्रान्सिस्कोमा भएको युनेस्को सम्मेलनमा शान्तिकर्ता जोन म्याक कोनेलले सन् १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउँने गरी पृथ्वीको सम्मान तथा शान्तिको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका थिए ।

त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउँने निर्णय गरेअनुसार हरेक वर्ष आजकै दिन यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएको पर्यावरण सन्तुलनलाई न्यूनीकरण गर्न र मानिसलाई यसबारेमा जनचेतना फैलाउँन यो दिवस मनाउने गरिन्छ ।



307 Views

Comments