महाकुम्भमा रक्तरञ्जित बिहान: पवित्र स्नानको क्रममा ७ जनाको मृत्यु!

Bhugolpark

१६ माघ, २०८१,१०:२८

त्रिवेणी सङ्गममा आस्थाको डुबकी, तर उठ्यो मृत्युको चित्कार! प्रयागराजको महाकुम्भ मेलामा आज बिहान भएको भीषण भगदडले सात जनाको ज्यान लियो, दर्जनौं घाइते। पौराणिक त्रिवेणी सङ्गममा पवित्र स्नानको लागि उर्लिएको लाखौंको भीडले विभत्स रूप लियो।

"मानिसहरू एकअर्कामाथि कुल्चिँदै भाग्न थाले, महिला र बालबालिकाको चित्कार गुञ्जियो," एक प्रत्यक्षदर्शीले भने। यो दृश्य २०१३ को त्यो काला दिनको पुनरावृत्ति थियो, जब ३६ श्रद्धालुले ज्यान गुमाएका थिए।

मोदी र योगी सरकार तत्काल सक्रिय भए पनि प्रश्न उठेको छ - के यस्ता विशाल धार्मिक समारोहमा सुरक्षा व्यवस्था पर्याप्त छ? द्रुत कार्य बल परिचालित भए पनि के यो पछिल्लो त्रासदी रोक्न सकिन्थ्यो?

आस्था र मृत्युको यो खेल हरेक कुम्भमा दोहोरिने त होइन? प्रशासनको लापरवाहीले कति अमूल्य जीवन लिने?


477 Views

Comments