अपडेट : काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

Bhugolpark

११ भाद्र, २०८२,१०:५५

१२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ ।


आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । रातिदेखि नै सडक खुल्ने र बन्द हुने गरेकाले सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए ।


ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।


24 Views

Comments