२१ माघ, काठमाडौं । आचारसंहिता शुरु भएको भन्दै निर्वाचन आयोगले न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ ।
न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो ।
केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।
४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले त्यो अवस्थामा न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।
Comments